ओरालो लाग्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

४ असार, काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्य शुक्रबार थप १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १२ सय रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँमा झरेको हो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य समेत सोही दरमा घट्दै प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुनको मूल्य क्रमिक रुपमा तिब्र गिरावट आइरहँदा आज चाँदी प्रतितोला ३५ रुपैयाँले घट्दै एक हजार ३०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

[sidebar name="button post"]