३ असार, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबारको तुलनामा आज सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेर तोलाको ९२ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
[sidebar name="button post"]











