सुनचाँदी दुबैको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

२८ जेष्ठ, काठमाण्डौ। नेपाली बजारमा आज सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँ पुगेको छ

त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदी तोलामा १५ रुपैयाँ बढेर १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि बढेको चाँदीको मूल्य १ हजार ३५५ रुपैयाँ प्रतितोला कायम भएको थियो ।