सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

२६ जेष्ठ, काठमाण्डौ। नेपाली बजारमा आज सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९४ हजार २०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै तेजाबी सुन आज प्रतितोला एकसय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने आज घटेको छ । चाँदीको मूल्य आज प्रतितोला ५ रूपैयाँले घटेर १३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।