सुन चाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

२५ जेष्ठ, काठमाण्डौ। नेपाली बजारमा साताको तेस्रो दिन आज सुन तोलामा तीन सय रुपैयाँ बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९४ हजार एक सय रुपैयाँ कायम भएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा पाँच रुपैयाँ बढेर तोलामा एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।