Ad #144479

२३ जेष्ठ, काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सुन तोलामा ९४ हजार १०० रुपैयाँमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर ९४ हजार १०० रुपैयाँ पुगेको हो ।

त्यस्तै आज तेजाबी सुन तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १३५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।