सुनको मूल्यमा भारी गिरावट, आज कति पुग्यो तोलाको ?

२१ जेष्ठ, काठमाण्डौ। नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला अधिकतम १५ सय रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा समेत अधिकतम ३५ रुपैयाँले गिरावट आएको छ । गत बिहीबार बजारमा प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार एक हजार ३४० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।