काठमाडौं : एनएलजी इन्सुरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५२६३% नगदसहित कुल १०.५२६३% लाभांश दिने निर्णय गरेको होे ।
अघिल्लो वर्ष भने एनएलजीले ७% बोनस सेयर र ०.३७% नगद लाभांश मात्र दिएको थियो ।
प्रस्तावित लाभांश नियामक बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट परित भएपछि वितरण हुनेछ ।
एनएलजीले हाल कायम १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५०० रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित १०% बोनस सेयर वितरण भएमा यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २० करोड ६० लाख १३ हजार रुपैयाँ पुग्नेछ ।
[sidebar name="button post"]











