१४७ प्रतिशत हकप्रद राधी विद्युत कम्पनीले निष्काशन गर्ने

राधी विद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको जेठ १६ गते बसेको बैठकले हकप्रद निष्काशन गर्ने निणर्य गरेको हो ।

गत आथिक वर्षको मुनाफाबाट प्रस्तावित ३६.५ प्रतिशत बोनस पश्चात कायम हुने ६४ करोड ६४ लाख रुपैयाँको १४७.५२ प्रतिशत अर्थात १ शेयर वराबर १.४७५२ का दरमा ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने निणर्य गरेको छ ।

हकप्रद निष्काशन गर्ने प्रस्ताव कम्पनीको आगामी १५ औं बार्षिक साधारण सभामा पेश गर्ने तयारी गरेको छ ।

हकप्रद निष्काशन गरेपछि कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ६० कराेड रूपैयाँ पुग्नेछ ।