साताको पहिलो दिन आइतबार बढ्यो सुनचाँदीको मूल्य

१६ जेष्ठ, काठमाण्डौ। नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ ।आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।