आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

१५ जेष्ठ, काठमाण्डौ। सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । शनिबार बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकारको जानकारी दिए।

सरकारले बजेट स्रोतको रुपमा आगामी वर्ष १० खर्ब २४ अर्ब राजस्वबाट उठाउने छ । यस्तै ६३ अर्ब ३७ करोड अनुदान आउने अनुमान गरेको छ । ३ खर्ब ९ अर्ब विदेशी ऋण लिने र २ खर्ब ५० अर्ब आन्तरिक ऋण लिने जनाएको छ ।