१५ जेष्ठ, काठमाण्डौ। सरकारले कृषि क्षेत्रको बजेटमा पनि वृद्धि गरेको छ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि क्षेत्रमा बजेट बढेको जानकारी दिए। उनका अनुसार सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रका लागि ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ।
चालु आर्थिक वर्षमा कृषि बजेट ४१ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरिएको थियो।












