कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन

१५ जेष्ठ, काठमाण्डौ। सरकारले कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।

सरकारले कोरोनाबिरुद्धको खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै कोरोना खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन् ।