२०० ले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

११ जेष्ठ, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । तोलामा २०० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रूपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य भने आज स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

[sidebar name="button post"]