९ जेष्ठ, काठमाण्डौ। नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्यमा ३०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको हो ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
त्यस्तै चाँदी पनि आज प्रतितोला ५ रुपैयाँले गिरावट आउँदै आइतबार एक हजार ३४५ रुपैयाँ कायम भएको छ ।
[sidebar name="button post"]











