घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

५ जेष्ठ, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज छापावाल सुन तोलामा १०० रूपैयाँले घटेर ९३ हजार ३०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजाबी सुन आज ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी आज २० रूपैयाँले घटेर १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।