आकाशियो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

४ जेष्ठ, काठमाण्डौ। नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला अधिकतम ६०० रुपैयाँले वृद्धि भएर ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ कामय भएको छ ।

त्यस्तै चाँदीको मूल्य समेत मंगलबार उच्च वृद्धि भएको छ । आज चाँदी एकै दिन प्रतितोला ३५ रुपैयाँले वृद्धि भएर एक हजार ३९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।