२६ वैशाख, काठमाण्डौ। नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्यमा एक सय रुपैयाँ बढेको छ।
गत शुक्रबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक सय रुपैयाँ बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार हुनेछ।
महासंघका अनुसार आज चाँदीको भाउ भने सामान्य घटेको छ। यसअघि प्रतितोला एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पाँच रुपैयाँले घटेर एक हजार ३ सय ४५ रुपैयाँ पुगेको छ।
[sidebar name="button post"]









