२४ वैशाख, काठमाण्डौ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा शुक्रबार एकै दिन प्रतितोला एक हजार एक सय रुपैयाँले बढ्दै सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कामय भएको हो ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रति तोला ९१ हजार २०० रुपैयाँ कामय भएको छ ।
त्यस्तै चाँदीको मूल्य समेत शुक्रबार बढेको छ । हिजो प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एकैदिन ३५ रुपैयाँले बढेर एक हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।












