२० वैशाख, काठमाण्डौ। नेपाली बजारमा सोमबार सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि भएको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुन प्रति तोला ८९ हजार ९०० रुपैयाँ कामय भएको छ ।
त्यस्तै चाँदीको मूल्यमा पनि आज केही वृद्धि भएको छ । गत आइतबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
[sidebar name="button post"]









