१५ वैशाख, काठमाण्डौ। नेपाली बजारमा बुधबार सुनको मूल्यमा ७०० रुपैयाँले गिरावट आएको छ ।
मंगलबार प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन ७०० रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँ कायम भएको हो ।
बुधबार छापावाला सुन प्रति तोला ९० हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले घट्दै बुधबार १ हजार ३०५ रुपैँया कायम भएको छ ।
[sidebar name="button post"]









