साताको दोस्रो दिन आज कतिमा हुँदैछ सुनको कारोबार ?

१३ वैशाख, काठमाण्डौ। नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा खरिद विक्री भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य आज पनि प्रतितोला १ हजार ३१० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।