साताको पहिलो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१२ वैशाख, काठमाण्डौ। नेपाली बजारमा आज साताको पहिलो दिन सुनको मूल्य ४०० रुपैयाँले घटेको छ ।

आज प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । गत शुक्रबार १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर १ हजार ३१० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

[sidebar name="button post"]