Ad #144479

७ वैशाख, काठमाण्डौ। महल बजारले अनलाइन मार्फत अटो एसोसरीज तथा रिकन्डिसन सेवा सुरु गरेको छ । यही नयाँ वर्षमा स्थापना भएको कम्पनी नेपालमा पहिलो पटक अनलाइन मार्फत अटो एसोसरीज सेवा र अनलाइन रिकन्डिसन सेवा उपल्व्ध गराउने कम्पनी हो ।

कोरोना कहरका कारण धैरै व्यवसायीहरु आजकल अनलाइन मार्फत धैरै सेवा दिंदै आएका छन् । खाना खाजा देखि लिएर मोटर गाडी तथा समानहरुपनि अनलाइन मार्फत सञ्चालन हुँदै आइरहेका छन्। यही सन्दर्भमा बजारमा नयाँ जोस, नयाँ जागरका साथ युवा व्यवसायी महल बजारका संस्थापक नर्विन मगरले पनि अटो एसोसरीज सेवा तथा अनलाइन रिकन्डिसन सेवा अनलाइन व्यवसायमा सुरु गरेको बताउँछन् ।

महल बजारले पनि समयको माग अनुसार अनलाईन मार्फत भेक्कल एसोरिसहरु सेवा सुरु गरेको छ । यस महल बजार प्रालीले नेपालमा पहिलो पल्ट अनलाईन पार्टस्हरुको विक्री बितरण सुरु गरेको संस्थापक नर्विन मगरले बताउनु भयो।

यस कम्पनीले आम ग्राहकहरुलाई सवारी साधन विशेष रुपमा मोटरसाइकल, स्कुटर,लगायत चारपाङ्ग्राे मोटरहरु नयाँ तथा पुरानो गाडी सुपथ मूल्यमा उपल्वध घरमै गराइदिने गर्दछ । साथै कोहि कसैले चाहेमा नयाँ तथा पुरानो सवारी साधन किस्तामा पाउन सकिनेछ ।

यस महल बजार मार्फत कसैलाई बिक्री गर्न चाहेको खण्डमा विक्री गर्ने सकिने तथा आफूलाई चाहिएमा नयाँ तथा पुराना सवारी सधान पनि अनलाईन मार्फत नै किन्न सकिने छ ।

उहाँको लक्ष्य चाडै यस अनलाइन सेवा मार्फत नेपालका सबै जिल्लाहरुमा अनलाईन भेक्कलका सेवा पुराउने लक्ष्य रहेको छ । कुनै पनि आफूलाई चाहिने भेक्कल नयाँ तथा पुरानो किस्ता बन्दीमा सुपथ दिने लक्ष्य रहेको छ ।

यस महल बजार प्राली मार्फत कार, बाइक, स्कुटरका सबै अटो एसोरिसहरु पनि उपलब्ध रहेका छन् । महल बजारले अरु भन्दा सुपथ मूल्यमा तथा डेलीभरी फ्रिमा सेवा दिने कम्पनीले बताएको छ ।

महल बजारका संस्थापक नर्विन मगर

यस कम्पनी कुनै पनि नयाँ तथा पुराना किस्तामा उपलब्ध गराउने पहिलो अनलाइन कम्पनी रहेको मगरले दावी गरेका छन् । भेक्कल रिलेटेड पहिलो इ-कमर्स कम्पनी रहेको उनले बताए ।

उनको अनुसार अब सुपथ मूल्यमा मोविलदेखि अटो पार्टससम्म तपाईंको घरमा यस मार्फत सेवा पाउन सकिने छ ।

डेलिभरी सेवा तथा सेल्स सर्भिस

यस कम्पनीले आफ्नो ग्राहकहरुले नेपालको सबै ठाउँमा सेवा उपलब्ध गराउने छ । काठमाण्डौ उपत्यकामा २ घण्टा भित्र सेवा पुर्याउने छ ।साथै नेपाल भित्रका ठाँउहरुमा २४ घण्टादेखि २ दिन भित्र सेवा दिने र पुर्याउने लक्ष्य रहेको महल बजारका संस्थापक मगरले जानकारी दिनुभयो ।

सुरुवातमा नै ग्राहकबाट राम्रै प्रतिक्रिया आईरहेको छ। अनलाईन सेवा मार्फत बाइकमा प्रयोग हुने मोबिल , टायरदेखि लिएर धैरैजसो मोटरबाइकहरुको सेल्स तथा किस्ताबन्दीको रुपमा इनक्वारीको साथै डिमान्ड आइरहेको उनले बताए ।

नयाँ युवा ब्यबसायी नर्विन मगर

उमेरमा २५ बर्षका नर्विन मगर पर्यटन क्षेत्रसंग सम्वन्धित व्यक्ति हुन । उनको जन्म सोलुखुम्वुमा भएको हो । पेसाले उनी पर्यटक पदमार्गी तथा माउन्टेन गाइड हुन् ।

नेपालको सगरमाथा लगायत ६ हजारमा भन्दा माथिका थुर्पै नेपाल लगायत विदेशका हिमालहरु आरोहण गरिसकेका छन्। सन् २०१२ देखि पर्यटन गाइडको रुपमा काम सुरु गरेका उनले सन् २०१८ मा सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

पर्यटन माउन्टेन गाइडसंगै उनले हाइ फाइभ ट्रेकिङ कम्पनीपनि सञ्चालनमा रहेको छ ।

युवा व्यवसायी : महल बजारका संस्थापक नर्विन मगर

समयको माग अनुसार अनलाईनमा विजनेस गर्नुपर्छ, एक खालको प्लट फर्म खोज्नुपर्छ भनेर उनले यो ब्यबसाय सुरु गरेका हुन् ।साथै कोभिडको कारणसंगै अबको १० देखि १५ बर्ष भित्रमा सबै व्यवसायहरु अनलाईनको बाटो तर्फ लाग्ने भएकाले अबको विजनेस अनलाइन मार्फत हुने भएकाले यस कम्पनीको स्थापना गरेका हुन् । देश विदेश धुम्दै गर्दा रिसर्च गरेकै कारण आज महल बजार प्राली अनलाईन रिकन्डिसन तथा अटो एसोसरीज सेवा सुरु गरेको उनी सुनाउँछन् ।

अहिलेको समयमा युवाले देशको लागि केही योगदान दिन पनि नयाँ नयाँ विजनेस माइ्डलाई प्रविधी तथा अनलाईनमा मैत्री बनाउनमा उनको जोड छ ।

यस कम्पनी मार्फत सामान खरिद गर्दा समयको बचत हुने साथै सुपथ मूल्यमा गुणस्तरीय समान उपल्ध गराउनेमा उनको दावी छ ।