६ वैशाख, काठमाण्डौ। नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार बढेर तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले बढेर ९० हजार पाँच सय रुपैयाँमा कारोबर भइरहेको छ।
यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १३ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।












