३० चैत्र, काठमाण्डौ। नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्य सामान्य रुपमा बढेको छ ।
छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाला सुनको मूल्य ८९ हजार पाँच सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार एक ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ७५ रुपैयाँमा करोबार भइरहेको छ ।
[sidebar name="button post"]









