२४ चैत्र, काठमाण्डौ। नेपाली बजारमा साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ८७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार दुई सय रुपैयाँ थियो।
त्यस्तै तेजाबी सुनको तोलामा पनि तीन सय रुपैयाँले बढेर ८७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी तोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सु्नचाँदी व्यवसायी महासंघले जनाएको छ।
[sidebar name="button post"]









