२३ चैत्र, काठमाण्डौ। नेपाली बजारमा साताको दोस्रो दिन साेमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ८७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। आइतबार छापावाला सुनको मूल्य ८७ हजार चार सय रुपैयाँ थियो।
महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले घटेर ८६ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य ८६ हजार नौ सय ५० थियो।
त्यस्तै सोमबार चाँदीको मूल्य पनि सामान्य गिरावट आएको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।
[sidebar name="button post"]









