१७ चैत्र, काठमाण्डौ। नेपाली बजारमा साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ।
मंगलबार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाला सुनको मूल्य तोलाको ८६ हजार पाँच सय रुपैयाँ थियो।
त्यस्तै तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले घटेर ८५ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य ८६ हजार ५० रुपैयाँ थियो।
त्यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
[sidebar name="button post"]









