१३ चैत्र, काठमाण्डौ। नेपाली बजारमा शुक्रवार सुनको मूल्य तोलामा ६ सयले घटेको छ । बिहीवार प्रतितोला छपावाला सुनको मूल्य ८६ हजार ९ सयले कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८६ हजार ३ सयले कारोबार भईरहेको छ । त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८५ हजार ८ सय ५० रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा भने स्थिरता देखिएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १२ सय ३० रहेको थियो भने आज पनि त्यहि मूल्य कायम भएको छ ।
[sidebar name="button post"]











