सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ?

१० चैत्र, काठमाण्डौ। मंगलबार साताको तेस्रो दिन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

आज नेपालमा छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ८६ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

[sidebar name="button post"]