९ चैत्र, काठमाण्डौ। साताको दोस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको छ। । आइतवार छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार २ सय रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा २ सयले कमि भइ प्रतितोला छापावाला सुन ८७ हजार कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५ सय ५० रहेको छ । आइतवारको तुलनामा सोमबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आइतवार प्रतितोला चाँदीको मूल्य १२ सय ६० रहेको थियो भने आज चाँदीको मूल्यमा गिरावट आइ प्रतितोला चाँदी १२ सय ६० कायम भइ कारोबार भइरहेको छ ।
[sidebar name="button post"]









