साताको पहिलो दिन सुनको मूल्य बढ्यो, तोलाको कति ?

८ चैत्र, काठमाण्डौ। नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ।

छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ८७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत साताको शुक्रबार छापावाला सुनको मूल्य ८६ हजार सात सय रुपैयाँ थियो।

त्यस्तै तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले बढेर ८६ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

[sidebar name="button post"]