२ चैत्र, काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्य आज स्थिर भएपनि चाँदीको मूल्य बढेको छ।
छापावाला सुनको मूल्य तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य तोलामा ८६ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य तोलाको १२ सय ७० रुपैयाँ थियो।












