राजापुर क्षेत्रका लागि दुई एम्बुलेन्स खरीद गर्न बजेट विनियोजन

१३ फागुन, बाँके। लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुको निर्वाचन क्षेत्र विकास कोष योजनाअन्तर्गत राजापुर क्षेत्रका लागि दुई एम्बुलेन्स खरीद गरिएको छ ।

उपसभामुख थारुका स्वकीय सचिव अर्जुन चौलागार्इंका अनुसार सो योजनाअन्तर्गत राजापुर–६ मानपुरटपरा स्वास्थ्यचौकी र गेरुवा गाउँपालिकास्थित रेडक्रस उपशाखा कार्यालयलाई एम्बुलेन्स खरीद गर्न रु १०-१० लाखका दरले बजेट विनियोजन गरिएको थियो ।

खरीद गरिएको एम्बुलेन्स अबको केही दिनमै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारुले बताउनुभयो ।एम्बुलेन्स सेवा पाउने भएपछि स्थानीयवासी उत्साहित भएका छन् ।