बजेट अभावमा नाग्मा–गमगढी सडक निर्माणमा अवरुद्ध

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

११ फागुन, खलङ्गा। बजेट अभावमा कर्णाली राजमार्गअन्तर्गतको नाग्मा–गमगढी सडक स्तरोन्नतिको काम प्रभावित भएको छ । सङ्घीय सरकारले सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा रु नौ करोड ७० लाख विनियोजन गरे पनि असोजमै बजेट सकिएपछि निर्माणको काम रोकिएको हो ।

बजेट सकिएपछि सङ्घीय सरकारले दोस्रो चरणमा रु पाँच करोड छुट्याएको थियो । उक्त रकम पनि सकिएपछि निर्माणको काम ठप्प भएको हो । “लागत अनुमानअनुसार काम भएको छैन”, सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीला भण्डारीले भन्नुभयो, “बजेट सकिएपछि ग्राभेल र ढल निकासको काम अधुरै छ ।”

बजेट अभावले ठेकेदारलाई रु १२ करोड भुक्तानी गर्न समस्या भएको डिभिजन प्रमुख भण्डारीले बताउनुभयो । सो सडकखण्डको ग्राभेल, ढल निकास र टेवा पर्खाल निर्माणका लागि रु २० करोड आवश्यक रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।


  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares