प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद कार्यालयकाे उद्घाटन

३ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय पुन: सिंहदरबारको मूल भवनबाटै सञ्चालन भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री केपी ओलीले आज कार्यालयको उद्घाटन गरेका हुन् ।

भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो ।

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पुनःनिर्माण हालै सकिएको हाे ।