३० माघ, काठमाडौं । आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज ताेलामा ६ सयले घटेको हो। हिजो पनि ४ सयले घटेको थियो। आजका सुन मूल्य तोलामा छापावाल ९० हजार ९ सय तोकिएको छ ।
यस्तै तेजावी सुनको मूल्य ९० हजार ४ सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बढेर १३ सय २० पुगेको छ।












