Ad #144479

२७ माघ, काठमाडौं । सरकारले बंगलादेशबाट खरिद गरेको ५० हजार मेट्रिकटन युरिया मल यसै सातादेखि नेपाल भित्रिने भएको छ । आगामी बिहीबारबाट बंगालदेशबाट मल बोकेका कन्टेनर नेपालका लागि छुट्ने कृषि सामाग्री कम्पनीले जनाएको छ ।

मल आयातका लागि सबै प्रक्रिया सकिएको छ भने भारतीय भन्सारमा प्रक्रिया मिलाउने काम भइरहेको कम्पनीले बताएको छ । पहिलो चरणमा हजार मेट्रिकटन मल ल्याईदै छ । पहिलो चरणमा बंगालदेशी कम्पनीले दिएको प्याकिङ मल ल्याउने र त्यसपछि बाँकी ३० हजार मेट्रिकटन ब्लक मल प्याकिङ सुरु गर्ने कम्पनीले जनाएको छ ।

गत पुस २ गते नेपालले बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसनसंग जीटूजीमार्फत ५० हजार टन मल ल्याउने सम्झौता गरेको थियो ।नेपालले बंगलादेशसँग प्रतिटन २५९.१९५ अमेरिकी डलरमा उक्त परिमाणको मल खरिदको सम्झौता गरेको हो ।

बिहीबार देखि बंगलादेशको चट्टोग्रामबाट मल मंगला जलमार्गमार्फत जेस्वररखुल्ना, रोहनपुररसिंहबाद हुँदै रेलमार्गमार्फत कृषि सामग्री कम्पनीको विराटनगर,वीरगन्ज र भैरहवाका गोदाममा ल्याइने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।