४ माघ, काठमाण्डौ। नेपाली बजारमा आज साताको पहिलो दिन सुनको मूल्य घटेको छ।
आइतबार छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुनको मूल्य तोलामा पनि सात सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।












