२१ पुष, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको आधार बाँकी रहेको भन्दै आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुरिरहेको बताएका छन् ।
ओली समूहका नेताहरुलाई संगठनबाट नहटाउनुको कारण सच्चिएर आउने अवसर भएको भन्दै श्रेष्ठले ओली समूहमा रहेका नेताहरुलाई रुपान्तरणका लागि अवसर भएको पनि दाबी गरे ।
पत्रकारसँगको कुराकानीमा नेता श्रेष्ठल संसद पुनर्स्थापना हुनेमा सतप्रतिशत विश्वास रहेको पनि बताए । प्रचण्ड र माधव समूहले बनाएको जनसंघर्ष समितिका संयोजक रहेका श्रेष्ठले संसद पुनर्स्थापना नभएसम्म संघर्ष कायम हुने पनि दाबी गरेका छन् ।












