अब देशभर तापक्रम घट्ने, चिसो क्रमशः बढ्दै जाने

काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसाे हुँदै गएकाे छ । अब देशभर चिसो बढ्दै जाने माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ११।४ डिग्री मापन गरिएको छ ।

मौसमविदका अनुसार अब देशभर तापक्रम घट्ने क्रममा छ । अब चिसो क्रमशः बढ्दै जान्छ । र पहाडी जिल्लाहरुमा हुस्सु पनि बढ्दै जानसक्ने माैसमी बुलेटिन उल्लेख गरिएकाे छ ।

मौसम दुई तरिकाले चिसो हुन्छ । एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर । डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ । अहिले चिसो भएको न्यूनतम तापक्रम घटेर हो ।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ । आज बिहान पौने ९ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ११.४ डिग्री सेल्सियस छ । सबैभन्दा कम तापक्रम जुम्लामा १ र डडेलधुरामा ९.५ डिग्री सेल्सियस मापन भएको छ ।

पानी पर्यो भने पनि जाडो बढ्छ । तर अहिले तत्कालै पानी पर्ने सम्भावना भने नरहेको मौसमविदले बताए । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

[sidebar name="button post"]