चर्चित हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कलाकार मनोज गजुरेलले आफैले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।
गतहप्ता दाजुलाई अस्पताल लानेरल्याउने गरेको थिएँ । गत विहीबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८ डिग्रीको ज्वरो देखियो उनले भनेका छन ।
शनिबार ढाडको दुखाई महसुस गरेपछि आइतबार पीसीआर टेस्ट गराएका उनकाे सोमबार साँझ मात्रै कोभिड १९ को रिपोर्ट पोजेटिभ आएको हो । उनी बिहीबारदेखिनै आइसोलेशनमा बसेको बताएका छन् ।











