नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमण भएर ज्यान गुमाउनेको संख्या ८४७ पुगेको छ । देशभर आज थप २८ सय ५६ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।
यी मध्ये १ लाख ११ हजार ६७० जना निको भएका छन भने ४५ हजार ५७२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। हाल देशभर ३ हजार ६४ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।












