यो वर्ष कांग्रेसले चियापान कार्यक्रम नगर्ने

नेपाली कांग्रेसले यस बर्ष चियापान समारोह नगर्ने भएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कोरोना भाइरस महामारीका कारण चाडपर्वका अवसरमा गरिने चियापान कार्यक्रम यो वर्ष नराखिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

२०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएपछि २०३४ सालदेखि कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको छ । तर यस वर्ष कोरोना महामारीका कारण कात्तिक १४ गतेको चियापान कार्यक्रम नगरिने पौडेलले जानकारी दिए ।

[sidebar name="button post"]