Ad #144479

कार्तिक ४, काठमाडौं उपत्यकामा थप १७ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौंका १४ सय ३१, भक्तपुरका १४८ र ललितपुरका १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभर ३ हजार ९३ संक्रमित थपिएका छन् ।