ललितपुर जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द

कार्तिक २ , काठमाण्डौ।  ललितपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द गर्ने भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलमा सो निर्णय भएको जनाएको छ।

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण सो निर्णय गरिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले आजदेखि ललितपुर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेकका सार्वजनिक सेवा प्रवाह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ जारी गरेको सूचनामा उल्लेख छ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार २६० पुगेको छ।

[sidebar name="button post"]