नेपालमा काेराेना संक्रमित हुनेहरुकाे संख्या १ लाख ३० हजार नजिक

कार्तिक १, नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ३० हजार नजिक पुगेकाे छ । पछिल्लो २४ घण्टामा ३१६७ संक्रमित थपिएसँगै संक्रमितकाे संख्या एक लाख २९ हजार तीन सय चार पुगेको छ ।

आज थपिएकामध्ये १७ सय ४६ जना कोरोना संक्रमित काठमाण्डौ उपत्यकाका रहेका छन् । यस्तै गएको २४ घण्टामा १८ सय जना कोरोना सङ्क्रमणबाट निको भएसँगै कोरोनाबाट निको हुनेको संख्या ८९ हजार आठ सय ४० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अब नेपालमा ३८ हजार सात सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा थप १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या सात सय २७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

[sidebar name="button post"]