काठमाडौं उपत्यकामा २४०२ काेराेना संक्रमित थपिए

असाेज ३०, काठमाडौं उपत्यकामा थप २ हजार ४ सय २ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २ जनामा कोरोना पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका १ हजार ७ सय ८४ जना, भक्तपुरका २ सय ४४ जना र ललितपुरका ३ सय ७४ जना छन्।

[sidebar name="button post"]