शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड –१९ सङ्क्रमण देखिएको छ । मन्त्री पोखरेललाई पछिल्लो परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
गए राति ज्वरो आए पछि उपचारका लागि पाटन अस्पताल गएका पोखरेलको स्वाव परीक्षण गर्दा आइतबार कोभिड १९ पोजिटिभ देखिएको मन्त्रीका स्वकीय सचिव पुरन खड्काले जानकारी दिए ।
मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले केही दिनदेखि मन्त्री पोखरेलको सम्पर्कमा रहनुभएका सबैलाई सतर्क र सुरक्षति रहन अनुरोध गर्नुभएको छ ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेशकुमार भट्टराई पनि सङ्क्रमण देखिएको थियो












